Rule 96
क्षति न्यूनीकरणका उपाय अपनाउनु पर्ने
(१) विकास आयोजनाले वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएका क्षेति न्यूनीकरणका उपाय आफ्नै खर्चमा कार्यान्वयन गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमका क्षति न्यूनीकरणका उपाय विकास आयोजनाबाट प्रभावित वन उपभोक्ता समूह वा स्थानीय समुदायको सहभागितामा कार्यान्वयन गर्न प्राथमिकता दिनु पर्नेछ।

(३) विकास आयोजनाले पूर्वाधार : निर्माण गर्दा वन्यजन्तु, तिनको वासस्थान र्‌ आवतजावतमा असर नपर्ने गरी बन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्नु पर्नेछ ।